वाइल्ड इन्टरटेन्मेण्टद्वारा सिन्धुपाल्चोक बाढी पहिरो प्रभावितलाई राहत

वाइल्ड इन्टरटेन्मेण्टद्वारा सिन्धुपाल्चोक बाढी पहिरो प्रभावितलाई राहत

समाचार
Spread the love

वाइल्ड इन्टरटेन्मेण्टले सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावितलाई राहत वितरण गरेको छ । शनिबार ११० परिवारलाई ब्लाङ्केट, ओछ्याउने म्याट, साबुन, स्यानिटाइजर, पिउने पानी, हार्पिक लगायतका सामाग्री लिएर उनीहरु हेलम्बु पुगेका थिए ।

दिल श्रेष्ठ र सावित्री खत्रीको नेतृत्वमा गएको राहत वितरण टोलीले हेलम्बुका प्रभाबित परिवारका लागि मेलम्ची नगरपालिकाका नगर प्रमुखलाई राहत सामग्री हस्तान्तरण गरेका थिए । बिगत २०,२१ बर्ष देखी नृत्यङ्गनाको रुपमा नेपाली कलाजगतमा प्रबेश गरेकी सावित्री खत्री पछिल्लो समय समाजसेवामा सक्रिय छिन । उनले “काफल पाक्यो”चलचित्र निर्देशन समेत गरिसकेकी छन् । “कोरोना नेपाल” नामक आई एन जि ओ सँग शहकार्य गर्दै आईरहेकी साबित्रीले राहत वितरणको समेत नेतृत्व गरेकी हुन् । यस्तै उक्त कार्यमा युएसमा बस्ने दिल श्रेष्ठ र उनका साथीहरु तथा वाइल्ड इन्टरटेन्मेण्टका अन्य सदस्यहरुको सहयोगमा उक्त सामग्री हस्तन्तरण गरिएको हो । श्रेष्ठ क्याराभान फिल्म प्रोडक्सन एण्ड फिल्म फेस्टिभलका अध्यक्ष समेत रहेका छन । चलचित्र निर्देशक समेत रहेका समाजसेवी तथा अभियन्ता श्रेष्ठ युएसमा बसेर व्यापार गरिरहेका छन ।

राहत सामग्री ग्रहण गर्दै नगर प्रमुखले सहयोग गर्ने सम्पूर्ण सहयोगी प्रति आभार व्यक्त गर्दै आगामी दिनहरुमा समेत सहयोगको अपेक्षा गरेका थिए । कार्यक्रममा बोल्दै संयोजक सावित्री खत्रीले सहयोग गर्ने सम्पूर्णमा धन्यबाद ब्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्तै साथ दिन आग्रह गरिन ।

वाइल्ड इन्टरटेन्मेण्टद्वारा सिन्धुपाल्चोक बाढी पहिरो प्रभावितलाई राहत
वाइल्ड इन्टरटेन्मेण्टद्वारा सिन्धुपाल्चोक बाढी पहिरो प्रभावितलाई राहत

Leave a Reply

Your email address will not be published. Required fields are marked *