Spread the love
२ वैशाख २०७८, बिहिवार
बुटवलबाट संचालित वी बजार अनलाइन शपले न्यु इयर फोटो प्रतियोगिताको आयोजना गरेको छ । वी बजारले आफ्ना ग्राहकहरु बीचको सम्बन्ध सुमधुर बनाउन तथा ग्राहकहरुको व्यक्तित्व मुल्यांकन गर्ने उद्देश्यले फोटो प्रतियोगिताको आयोजना गरेको हो ।
फोटो प्रतियोगिताबाट विजेता हुनेले रु. १,००० बराबरको नगद वा रिचार्ज कार्ड, आकर्षक फोटो फ्रेम र साथमा वी बजारका हरेक सामानहरुको खरिदमा १०% छुट पनि प्राप्त गर्ने छन् । साथै उप विजेताहरुले पनि आकर्षक पुरस्कारहरु प्राप्त गर्ने छन् । यस्ता प्रतियोगिताले उत्पादक तथा ग्राहकहरुबीच सुमधुर सम्बन्ध बढ्ने संचालक मध्येका एक बिशाल गरौजाले बताए । प्रतियोगीताको बारेमा थप जानकारीका लागि वी बजार अनलाइन शपको आधिकारिक फेसबुक पेजमा हेर्न र भाग लिन सकिने छ ।