भी आइ पी ग्रुपको आयोजनामा Grow Your Life & Business कार्यक्रम हुने

भी आइ पी ग्रुपको आयोजनामा Grow Your Life & Business कार्यक्रम हुने

समाचार सूचना-तथा-प्रविधि
Spread the love

६ फागुन २०७८, शुक्रवार

बुटवलमा आउदो शनिबार ग्रो योर लाइफ एण्ड बिजनेस कार्यक्रम हुने भएको छ । बुटवलमा विगत तीन वर्षदेखि विभिन्न रचनात्मक कार्यक्रम गर्दै आइरहेको भी आइ पी ग्रुपको आयोजनामा योगिकुटि स्थित होटल द बुटवल भ्युमा उक्त कार्यक्रम हुने भएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसले संसार ग्रसित भईरहेको यो परिपेक्षमा व्यापार व्यवसाय पनि ठप्प जस्तै भएको छ । व्यापार व्यवसायी धरासायी बन्दै गइरहेको परिबेशमा कोभिड पश्चात आफ्नो व्यवसायलाई वृद्धि गरि जीवनयापन कसरि सरल बनाउने भन्ने बिषयमा प्रशिक्षण दिइने छन् । कार्यक्रममा प्रशिक्षक सन्तोष लामाले आफ्नो व्यवसाय कसरि दश गुणा वृद्धि गर्ने भन्ने बारेमा विभिन्न टिप्स तथा उपायहरुबारे जानकारी दिइने छ ।

दैनिक ठुलो संख्यामा बिदेशीरहेका युवाहरुलाई स्वदेशमै रही व्यापार व्यबसाय गर्न उत्प्रेरित गर्दै आयात भन्दा निर्यातमा वृद्धि गर्दै देशको अर्थतन्त्रमा टेवा पुर्याउने लक्ष्य रहेको ग्रुपका अध्यक्ष सुन्दर दर्जीले बताउनुभयो । यस्ता कार्यक्रमहरुले युवाहरुमा उत्प्रेरणा जगाई उद्धमशिल बन्न अभिप्रेरित गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *