२०७७ माघ ५, सोमबार
सामाजिक कार्यमा अग्रसर तिलोत्तमा जेसिजको नवौ पद स्थापन कार्यक्रम आईतबार सम्पन्न भएको छ । निर्वाचन आयुक्त जय प्रकाश भट्टराईको औपचारिक घोषणासंगै वर्ष २०२१ का लागि अध्यक्ष बासुदेव शर्मालाई वर्ष २०२० का अध्यक्ष लोक प्रसाद भण्डारी (राजु) ले पद तथा गोपनियताको शपथ खुवाए । यसैगरि जेसिजका सल्लाहकार बिनोद ढकाल, यादव भट्टराई, बिनोद सुवेदीले नवनिर्वाचित अध्यक्षलाई चेन हस्तान्तरण गरेका थिए ।
वर्ष २०२१ का लागि अध्यक्ष बासुदेव शर्माको नेतृत्वमा निर्विरोध निर्वाचित नया कार्यसमितिका उपाध्यक्ष दिल कुमारी उपाध्यय, भानु पोखरेल, सपन पौडेल, सुलभ बन्जाडे, कार्यकारणी उपाध्यक्ष प्रकाश न्यौपाने र सन्दिप पौडेल, महासचिव विनित भट्टराई, कोषाध्यक्ष टीका पौडेल, कानुनी सल्लाहकार रमेश न्यौपाने रहेका छन ।नवनिर्वाचित अध्यक्ष बासुदेव शर्माले प्रमुख कार्यकारी पदमा प्रकाश गौतम, अन्तराष्ट्रिय निर्देशक दिपक घिमिरे,सामुदायिक निर्देशक प्रदिप जिसि, खेलकुद निर्देशकमा प्रकाश गौतम, स्वस्थ्य निर्देशक सुदिप बेल्वासे, जनसम्पर्क कमल कडेल, कोषवृद्धि सरोज कडेल, मिडिया संयोजक दिपक थापा, अध्यक्ष सल्लाहकारमा महेश पौडेल मनोनित गरेका छन ।
कार्यक्रमको नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले उद्घाटन गर्दै जेसिज अभियानको बारेमा बुझाउन, सिकाउन जरुरी रहेको बताए। समाजमा गएर जेसिजको बारेमा सन्देश दिने रुपमा मनाउनुपर्ने उनले बताए । जेसिजलाई उच्च बनाउन सबै शाखाहरुको भुमिका रहने भन्दै परिवर्तनका लागि उठौ, मानव विकासमा लागि नेतृत्व अभ्यास नारासहित यो वर्ष अघि बढेको उनले बताए । नेतृत्व तहले आफ्नो यहि कुरालाई ध्यानमा दिएर अघि बढ्ने भन्दै यसका लागि लाग्न सुझाव दिए । कार्यक्रममा नेपाल जेसिजका कार्यकारणी उपाध्यक्ष सुमनकृष्ण श्रेष्ठ, भोजराज चापागाई, कानुनी सल्लाहकार गोकुल सापकोटाले पद स्थापना गराएका थिए।