तिलोत्तमाको पत्थरडाँडा-तिनाउ सडक शिलान्यास

तिलोत्तमाको पत्थरडाँडा-तिनाउ सडक शिलान्यास

समाचार
Spread the love

माघ ५, २०७७

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको पत्थरडाँडा चोकबाट पश्चिम हुँदै तिनाउ नदीसम्म जाने सडक विस्तार कार्यको शिलन्यास गरिएको छ । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले एक कार्यक्रमका बीच सोमवार शिलान्यास गरेका हुन् । उक्त सडक विस्तार कार्यको लागत ३४ करोड अनुमान गरिएको छ । क्षेत्राधिकार ५२ फुट कायम गरी नाली, पेटीसहित सडकलाई दुई लेनमा विस्तार गर्ने बताइएको छ । तिलोत्तमा नगरपालिकाद्धारा प्रस्तावित प्रादेशिक बसपार्क स्थलसम्म पुग्ने यो सडकको लम्बाई ६ दशमलव ८ किलोमिटर रहने बताइएको छ ।

नदीजन्य पैदावार ओसारपसार गर्ने निकासी सडकको रुपमा परिचित यो सडक वडा नं. १३ र १४ को विकासमा महत्वपूर्ण टेवा पुर्याउने यो सडक निर्माणलाई तिनै तहका जनप्रतिनिधिहरुले विशेष महत्व दिँदै आएका छन् ।

बेलबास—बेथरी सडक, तिनाउ करिडोर, पत्थारडाँडा—तिनाउ सडकलगायतका सडक सञ्जाल निर्माणसँगै बसपार्कको कामलाई अघि बढाउन उपयुक्त हुने उनको भनाइ छ । सोही कार्यक्रममा प्रदेश सांसदहरु तुलसी चौधरी, रमा अर्याल, सन्तोष पाण्डेयले विकासको मुख्य आधार सडक रहेको बताउँदै सडक विस्तारमा सबैको सहयोग र सहकार्य अपरिहार्य रहने बताए । तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले स्थानीय, प्रदेश तथा संघीय सरकारको सहकार्यमा नगरका प्रमुख सडकलाई विस्तार गरी स्तरीय बनाउने कार्यलाई प्राथमिकता दिइएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *