रवि ओड र अस्मिता अधिकारीको आवाजमा 'टालाटुली बाटुली'

रवि ओड र अस्मिता अधिकारीको आवाजमा ‘टालाटुली बाटुली’

मनोरञ्जन
Spread the love

गायक रवि ओड र गायिका अस्मिता अधिकारीको आवाजमा ‘टालाटुली बाटुली’ बोलको गीत सार्वजनिक भएको छ । शुक्रवार गीतको म्युजिक भिडियो सहित युट्युबमा सार्वजनिक गरिएको हो । डीबी लामाको सङ्गीत रहेको गीतकी रचनाकार हुन् दुर्गा खनाल घिमिरे । डिजे मेवहाँङले रेकर्ड गरेको गीत पुष्कर सुनवारले एरेन्ज गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा कलाकार प्रियना आचार्य, गायक रवि ओड र रञ्जित पौडेलले अभिनय गरेका छन् । भिडियोमा शुभम् भुजेलको कोरियोग्राफी रहेको छ भने निर्देशन निकेश खड्काले गरेका हुन् । गीतको अडियो तथा भिडियो सुन्दर बनेको छ । म्युजिक भिडियोले आफूलाई मन परेकी मायालु फकाउँदै गरेको युवकको अवस्थालाई वर्णन गरेको छ । गीत ‘डी 4 कृयसन’ को युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *