जिल्लामा स्विमिङ्ग पुलको सुभारम्भ गर्ने पहिलो विद्यालय बन्यो हिलबर्ट

जिल्लामा स्विमिङ्ग पुलको सुभारम्भ गर्ने पहिलो विद्यालय बन्यो हिलबर्ट

Uncategorized शिक्षा समाचार
Spread the love

२८ जेठ २०७९, शनिवार

कपिलवस्तु जिल्लामा स्विमिङ्ग पुलको सुभारम्भ गर्ने पहिलो विद्यालय हिलबर्ट इङ्ग्लिश बोर्डिङ्ग स्कूल बनेको छ। जिल्लाको बाणगंगा २ पिपरा स्थित जिल्ला कै पहिलो ‘क’ वर्गको विद्यालय हिलबर्टले शुक्रबार एक कार्यक्रमका बीच सुविधायुक्त स्विमिङ्ग पुलको सुभारम्भ गरेको हो। कार्यक्रममा विद्यालयका अध्यक्ष दिपक खनालले विधार्थीहरुलाई पौडिने ट्युब हस्तान्तरण गर्नुभएको थियो।

विधार्थीहरुलाई बहुप्रतिभावान बनाउनका लागि थुप्रै गुणस्तरिय पठनपाठन र सुविधायुक्त पुर्बधारहरुको निर्माण गर्ने क्रममा विद्यालयले स्विमिङ्ग पुल निर्माण गरेको हो। यसले विधार्थीहरुमा सक्रियातापुर्बक अध्ययन तथा अतिरिक्त क्रियाकलापमा सहभागी हुनुका साथै पौडिने सिपको बिकास गर्नमा मद्धत पुग्ने बिश्वास विद्यालयले लिएको छ।

अब समय तालिका अनुसार विधार्थीहरुलाई पौडी प्रशिक्षण दिनुका साथै पौडिने कक्षाहरु पनि सुचारु गरिनेछ। विद्यालयमा स्विमिङ्ग पुलको सुभारम्भ भएपश्चात विधार्थीहरुले मनोरन्जनका साथै गर्मीमा शितलताको आभाष गरेका थिए। पछिल्लो समय उत्कृष्ट नतिजाका साथ हिलबर्ट जिल्लामै विधार्थी तथा अभिभावकहरुको पहिलो रोजाइमा पर्न सफल हुदै गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *