सिद्धबाबा नजिक रोकी राखेको स्काभेटरमा शव फेला

सिद्धबाबा नजिक रोकी राखेको स्काभेटरमा शव फेला

Uncategorized समाचार
Spread the love

२७ माघ २०७८, बिहिवार

तल्लो सिद्धबाबा नजिकै एक युवाको शव फेला परेको छ । सिद्धार्थ राजमार्गको पाल्पा खण्डको तिनाउ गाउँपालिका-३ स्थित तल्लो सिद्धबाबा नजिकै स्काभेटर भित्र एक युवाको शव फेला परेको हो ।

स्काभेटरमा फेला परेको शव स्याङ्जाको कालिगण्डकी-३ का ४० वर्षीय अर्जुन घर्ती भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । तल्लो सिद्धबाबा नजिकै सडक छेउमा पार्किङ गरेर राखिएको स्काभेटरमा ज्याकेटको टोपी हुने रसीले पासो लगाएर झुण्डिएको अवस्थामा घर्तीको शव फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीयले शव देखेपछि तत्कालै इलाका प्रहरी कार्यालय दोभानमा खबर गरेका थिए । शवलाई थप अनुसन्धानका लागि पोष्टमार्टम गर्न पठाइएको प्रहरीले जनाएको छ । संकास्पद ढंगले शव भेटिएपछि हत्याको आशंका गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *