बुटवलमा प्रदेश राजधानी बारेको आन्दोलनमा स्कुटर जलाउने ४ पक्राउ

बुटवलमा प्रदेश राजधानी बारेको आन्दोलनमा स्कुटर जलाउने ४ पक्राउ

समाचार Uncategorized
Spread the love

केही दिनअघि प्रदेश राजधानीको विषयलाई लिएर विरोध प्रदर्शन गर्दै सरकारी स्कुटी जलाउने कार्यमा संलग्न भनिएका ४ जना युवकविरुद्ध प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको छ ।

प्रहरीले बुटवल–११ बुद्धनगरका २५ वर्षीय भेषराज पोख्रेल, देवीनगर बस्ने ३५ वर्षका रोशन थापा, तिलोत्तमा नगरपालिका २ बस्ने २८ वर्षीय सन्दिप पाण्डेय र गुल्मीको मालिका गाउँपालिका–८ घर भई बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा पढ्ने ३० वर्षका सुरज क्षेत्रीविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको हो । जिल्ला प्रहरी कार्यालयले आज सूचना निकालेर रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नाममा रहेको लु १ प २४७० नम्बरको स्कुटर जलाएको अभियोगमा उनीहरुलाई मुद्धा चलाई कारबाही प्रक्रिया अघि बढाइएको जानकारी गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *