थप २२५३ जनामा कोरोना संक्रमण, ७ संक्रमितको मृत्यु

शनिबार थपिए ३१ सय ६७ जना नयाँ संक्रमित

समाचार
Spread the love

नेपालमा आज शनिबार ३१ सय ६७ जना संक्रमित थपिएका छन् । १५४३८ जनामा कोरोना परीक्षण गरिएको थियो ।

यो सगैँ देशभर संक्रमितको संख्या कुल एक लाख २९ हजार ३०४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ पुगेको छ । संस्थागत आईसोलेसनमा १३ हजार २९९ जना रहेका छन् । होम आईसोलेसनमा २५ हजार ४३८ जना रहेका छन् ।
आज १८ सय जना कोरोनामुक्त भएर घर फर्किएका छन् । अहिले सम्म डिस्चार्ज हुनेको संख्या ८८ हजार ८४० जना रहेको छ । कुल संक्रमितको ६९.८ प्रतिशतले अहिले सम्म कोरोना जीतेका छन् । क्वारेन्टीनमा ४ हजार ७१५ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *