रुपन्देहीमा तीन लाख रुपैयाँ बराबरको पटका बरामद

रुपन्देहीमा तीन लाख रुपैयाँ बराबरको पटका बरामद

समाचार
Spread the love

१० कार्तिक २०७८, बुधवार

रुपन्देही प्रहरीले तिहार पर्वलाई लक्षीत गर्दै बिभिन्न नाकाबाट नेपाल भित्राउँदै गरेको ठुलो परिमाणमा प्रतिबन्धीत विस्फोटक पटाका बरामद गरेको छ । जिल्लाका बिभिन्न स्थानमा गरि ३ लाख ३ हजार ३०० मुल्य बराबरको पटाका बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले जानकारी दिए ।

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय रुपन्देहीको गस्ती टोलिले सिद्धार्थनगर १ बाट ९० हजार बराबरको पटाका बरामद गरेको छ भने प्रहरी चौकी मैडिहवाको टोलिले ६० हजार ५०० बराबारको २ सय ६२ प्याकेट पटाका बरामद भएको छ । त्यसैगरि मर्यादापुर चौकीले ५० हजार ३०० बराबरको, मैनिहवा चौकीले ३६ हजार बराबरको, इलाका प्रहरी लुम्बिनीको टोलिले ३५ हजार बराबरको तथा इलाका प्रहरी कार्यालय मंगलापुरको टोलिले ३२ हजार बराबरको पटाका बरामद गरेको डीएसपी थापाले बताए ।

प्रहरीले बरामद गरेको पटाकाहरुमा सामान्य खुर्सानी बम देखि शक्तिशाली आवाज दिने लसुनबम सम्मका रहेको थापाले बताए । बरामद भएका पटाकामा चक्र बम, लम्बा बुलेट, जुम्नु बुलेट, मिनी फलासबुलेट बम, बोल क्याम्पस, र झिरमिरे लगायतको रहेको समेत थापाले जानकारी दिए । बरामद गरिएको पटाका आवश्यक प्रक्रिया पुरा गरि नस्ट गरिने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *