सार्वजनिक यातायातले पुरानै भाडादरमा सबै सिटमा यात्रु बोक्न पाउने

सार्वजनिक यातायातले पुरानै भाडादरमा सबै सिटमा यात्रु बोक्न पाउने

विशेष
Spread the love

सरकारले सार्वजनिक सवारीमा पुरानै भाडामा र सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ।

सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिएसँगै एक लहरमा एक जना मात्र राख्नुपर्ने र भाडा बढाएर ५० प्रतिशत लिन दिने निर्णय गरेको थियो तर मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बढीमा आधा सिट क्षमतामा चलाउनुपर्ने पहिलेको निर्णय उल्टाएको हो।

अब दशैँको समयमा यात्रुको चाप हुने भएकाले सार्वजनिक यातायातमा पनि सामाजिक सुरक्षाका मापदण्ड अपनाएर पुरा क्षमतामा यात्रु राख्न दिने तर, भाडा पुरानै दरमा लिनुपर्ने निर्णय भएको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

बैठकले अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडानमा हालको व्यवस्थालाई कार्तिक मसान्तसम्म कायमै राख्ने निर्णय गरेको छ। बैठकले आम नागरिकलाई जहाँ छ, त्यही दशैं मनाउन र उपत्यकाबाट गाउँ नजान आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *