११ कार्तिक २०७७
विशाल काफ्लेको `प्रियसी´ बोलको गीत सार्वजनिक भएको छ । संङग्स नेपाल युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा स्वर विशाल काफ्लेको रहेको छ । गीतको कम्पोज अशेष स्याङबोले गरेका हुन् भने म्युजिक तथा रेकर्डिङ एसअर स्टुडियो तथा मर्चेन्ज स्टुडियोले गरेको हो ।
गीतको म्युजिक भिडियोमार्फत बुटवलमा रहेर लामो समयदेखी ब्युटी पेजेन्ट तथा फेसन कोरियोग्राफी गरिरहेका मोडल पवन आचार्यले आफनो अभिनय यात्रा सूरु गरेका छन् । गीतको भिडियोमा पवनलाई अस्मि गुरुङले साथ दिएकी छन् । भिडियोको छायांकन, सम्पादन तथा निर्देशन आशिष गैरेले गरेका हुन । भिडियोमा प्रेमी प्रेमिकाबिचको माया प्रेमलाई देखाइएको छ । आफ्नो पहिलो अफिसियल म्युजिक भिडियो रहेकोले आफू निकै नै उत्साहित रहेको र श्रोत दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाइरहेको मोडल पवन आचार्यले बुटवल न्युज अपडेट्लाई बताए ।
हेर्नुहोस म्युजिक भिडियो