कानुन मन्त्रीको बिरोध

कानुन मन्त्रीको अभिव्यक्ति रेकर्डबाट नहटाए प्रदेशसभा अवरूद्ध गराइरहने

राजनीति
Spread the love

प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेशसभा रोष्टमबाटै दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन विपक्षी नेपाली कांग्रेसले माग गरेको छ।

मन्त्रीले सोमबार रोष्टमबाटै आफू बोलिरहेका बेला नाराबाजी गर्नेहरू लाई घिसारेर निकालिहाल्न मर्यादापालकलाई निर्देशन दिएका थिए। मन्त्रीको उक्त अभिव्यक्ति संसदको मर्यादाविपरीत भएको कांग्रेसको भनाइ छ।

कांग्रेस सचेतक निर्मला क्षेत्रीले विज्ञप्ति निकालेर मन्त्री केसीले बोलेका शब्द संसद सचिवालयको रेकर्डबाट हटाउन माग गरेकी हुन्।

मन्त्रीले बोलेको शब्द संसद सचिवालयको रेकर्डबाट हटाउन र उक्त शब्द फिर्ता लिन रूलिङ गर्न सभामुखमार्फत् अनुरोध गर्दछौं,’ कांग्रेसले भनेको छ, ‘अन्यथा संसदको आगामी कार्यक्रमहरू अवरूद्ध गराइरहने जानकारी गराउँदछौं।’

संसद बैठक आज पनि बस्दैछ। बुटवललाई नै स्थायी राजधानी कायम गर्न कांग्रेसले माग गरेको छ। कांग्रेसका तीन सांसदले सोमबार प्रदेशसभा चलिरहेका बेला नाराबाजी गर्दै कुर्सी, टेबुल र माइक तोडफोड गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *