विरोधका बीच बैठक चलाएको भन्दै कांग्रेस सांसदद्वारा कुर्सी तोडफ़ोड

विरोधका बीच बैठक चलाएको भन्दै कांग्रेस सांसदद्वारा कुर्सी तोडफ़ोड

राजनीति
Spread the love

प्रदेश ५ काे राजधानी दाङ लैजाने प्रस्तावकाे बिरुद्धमा आन्दाेलित कांग्रेसले संसद बैठक अबरुद्ध गर्दै कुर्सी तोडफोड गरेकाे छ । सभामुखले विरोधका बीच बैठक चलाएको भन्दै कांग्रेस सांसदले प्रदेशसभाभित्र टेबुल र कुर्ची तोडफोड गरेका छन् । सोमबार प्रदेशसभा बैठकमा नाम र राजधानी टुंगो लगाउने कार्यसूची छ ।

तोडफोडकै बीच आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभा बैठकमा नाम र राजधानीसम्बन्धी प्रस्ताव पेश गरेका छन् । उनी रोस्टमतर्फ जाने क्रममा सांसदहरुले उक्त प्रस्ताव खोस्न खोजेका थिए ।

सभामुख पूर्णबहादुर घर्तीमगरले तोडफोडकै बीच बैठक अघि बढाएका छन् । सरकारले दाङको भालुवाङलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव ल्याएको भन्दै कांग्रेसले विरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *