बुटवलका पेट्रोल पम्पमा अनुगमन

बुटवलका पेट्रोल पम्पमा अनुगमन

समाचार
Spread the love

बुटवलका पेट्रोल पम्पमा गुणस्तरीय पेट्रोलियम पदार्थको बिक्री हुने गरेको पाइएको छ । टोलीले मंगलबार बुटवल नेपालगञ्ज रोडमा रहेको शाह डिजल सेन्टर, बुटवल १३ जितगढी स्थित गैरे पेट्रोल पम्प र एम. एस .पेट्रोल पम्पको अनुगमन गरेको हो ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा उपभोक्ता हित संरक्षण निर्देशनालय, नेपाल गुणस्तर तथा नापतौल कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय, आयल निगम, नेपाल प्रहरी र पत्रकार महासंघका प्रतिनिधि सहितको टोलीले मंगलबार गरेको पेट्रोल पम्पहरुको अनुगमनका क्रममा पेट्रोलियम पदार्थको गुणस्तर तथा नाप तौल ठिक रहेको पाइएको हो ।

चाड पवै नजिकिँदै गर्दा बजारमा हुनसक्ने कालोबजारी र गुणस्तरहिन वस्तुको बिक्रीवितरण रोक्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालयसहित सरोकारवाला निकायले बजार अनुगनलाई निरन्तरता दिएको प्रशासन कार्यालयका अधिकृत झबिलाल भट्टराईले जानकारी दिए । मंगलबार बुटवलका तीन वटा पेट्रोल पम्पमा पेट्रोलियम पदार्थको गुणस्तर जाँच गर्दा ठीक भएको पाइए पनि सुरक्षा मापदण्ड भने कमजोर भएको पाइएकाले सुधार गर्न निर्दशन दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *