Spread the love
१९ पुष २०७७, आइतवार
बुटवलबाट पाल्पा चुनढुङ्गा जाँदै गरेको टिप्पर दुर्घटना भएको छ । टिप्पर दुर्घटना हुँदा टिप्पर चालकको मृत्यु भएको छ । दुर्घटनामा परी रैनादेवी गाउँपालिका –५ ,छहराका ४० वर्षिय राम बहादुर कार्कीको मृत्यु भएको हो ।
जिल्लाको रिब्दीकोट गाउँपालिकाको लप्सीकोट रुख भन्ने स्थानमा आइतबार दिउँसो साढे तीन बजे लु २ ख २१७१ नम्बरको टिप्पर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । टिप्पर रुपन्देहीको बुटवलबाट पाल्पा स्थित सिद्धेश्वरी चुन खानीतर्फ जाँदै गर्दा दुर्घटना भएको हो ।