नयाँ लोक गित "कानुन" सार्वजनिक, हेर्नुहोस नयाँ कानुन के आयो ?

नयाँ लोक गित “कानुन” सार्वजनिक, हेर्नुहोस नयाँ कानुन के आयो ?

मनोरञ्जन
Spread the love

विश्व कोरोना कहरले आक्रान्त बनिरहेको बेला लोक संगीत क्षेत्र पनि अछुतो बन्न सकिरहेको छैन तथापि कोरोना कहरकै बिच पनि सर्जकहरुले सिर्जना गरिरहेकै छन् । कतिपय नव कलाकारहरुका लागि त यो कोरोनाका कारण गरिएको लकडाउन फापेको हो कि भन्न सकिन्छ । यसै बिच बिहानी फिल्मसले नयाँ लोक गीत ‘कानुन’ सार्वजनिक गरेको छ ।

सार्बजनिक गरिएको गीतमा स्वर नवगायक अमित नेपाली र स्काई लोक आइडल बन्न सफल नवगायिका पार्वती आचार्यको रहेको छ। भिडियोमा तिलक अधिकारी र कुसुम खड्काको अभिनय रहेको छ भने गित मालाश्री स्टूडियो काठमाण्डौमा रेकर्ड गरिएको हो ।


गितको शब्द सुबाश बोगटीले लेखेका हुन् भने सर्जक गणेश अधिकारीले गितको लय बनाएका छन। संगीत संयोजन बिनोद बाजुरालिले गरेका छन । भिडियोको सम्पादन र छायांकन अनिश खड्काले गरेका छन भने बुटवलमा राम्रै चर्चा पाएका चर्चित मोडल राजु महोत्राले निर्देशन गरेका छन । म्युजिक भिडियोको छायांकन बुटवल तथा आसपासका क्षेत्रमा गरिएको छ । भिडियोमा शहरको स्वार्थपनमा गुज्रिएको माया पिरतिलाई देखाउन खोजिएको छ ।

हेर्नुहोस भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *