Spread the love
आगामी कार्तिक ७ गते फूलपातीको दिन रिलिजको घोषणा गर्दै फिल्म ‘लक्ष्मीपूजा’को टिजर सार्वजनिक भएको छ ।
समिर मियाँको निर्देशन रहेको फिल्ममा शोभित बस्नेत निर्माता छन् । फिल्ममा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुुरेली, नीर शाहको अभिनय रहेको छ । फिल्ममा सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा देखिँदैछन् । फिल्ममा जाहन्वी दोहोरो भूमिकामा देखिँदैछिन् । फिल्मको टिजरमा सस्पेन्स र रिभेन्ज देख्न सकिन्छ । ।
सलोन सलिना फिल्मस्को ब्यानरबाट निर्माण भएको फिल्ममा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको लेखक, रामजी लामिछानेको कोरियोग्राफी र जयकुमार दर्लामीको छायांकन रहेको छ ।
टिजर हेर्नुस् :