नेपाली चलिचित्र ‘भाँडाकुटी’ को औपचारिक घोषणा गरिएको छ। चलचित्रका निर्देशक एवम् कलाकारहरुको सहभागितामा आइतबार बुटवलमा एक समारोहका बीच औपचारिक घोषणा गरिएको हो । रुपन्देहीका विभिन्न ठाउँहरुमा छायांकन हुने चलचित्र किरण विकको लेखन तथा निर्देशनमा बन्न लागेको हो । रुपन्देहीका शहरी तथा ग्रामीण क्षेत्रहरुमा निर्माण हुने फिल्म यूनिटले जानकारी गराएको छ । दृष्यालय सिनेमा प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रमा मुकुन भुषाल र बेनिशा हमाललेसँगै अभिनय गर्ने भएका छन् ।

चलचित्र अन्तरजातीय वैवाहिक परिवेश सहितको सामाजिक कथामा निर्माण हुनेछ । चलचित्र पत्रकार संघ, रुपन्देहीको आयोजनामा भएको घोषणा तथा पत्रकार भेटघाट समारोहमा निर्देशक बिकले युवाहरुको समूहले सामाजिक परिवेशमा आधारित चलचित्र बनाउन लागेको बताउँदै उत्कृष्ट बन्नेमा विश्वास रहेको जनाए । सो अवसरमा नायक मुकुन भुषाल र नायिका बेनिशा हमालले पुरानो परम्परा र सोँचलाई नयाँ पुस्ताले चलचित्रमार्फत प्रस्तुत गरिने कथा अनुसार बन्न लागेको बताउँदै आफूहरुले उत्कृष्ट प्रस्तती दिने बताए ।

चलचित्रमा राज कुमार दर्जीको कोरियोग्राफ्री र भीम विकको सम्पादन रहने छ । फिल्ममा गोपाल आचार्य एशोसियट डाइरेक्टर रहनेछन् । करिब एक करोड रुपैयाँ लगानीमा नयाँ टिमले फिल्म भाँडाकुटी निर्माण गर्न लागेका हुन् । कार्यक्रम चलचित्र पत्रकार संघ,रुपन्देहीका अध्यक्ष सुमन श्रेष्ठको अध्यक्षता र सचिव मोहन न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।
