६ चैत २०७८, आइतवार
नेपाल मगर विद्यार्थी संघ बुटवल बहुमुखी क्याम्पसकाे १८ औं अधिवेशन सम्पन्न भएको छ । आइतवार सम्पन्न भएको अधिवेशनबाट दुर्गा थापा मगर अध्यक्षमा चयन भएकी छन् । थापा मगर सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएकी हुन् ।
रश्मी पेमी मगरको अध्यक्षता, नेपाल मगर विद्यार्थी संघ केन्द्रीय सदस्य मनिष फालको प्रमुख आथित्यता र नेपाल मगर विद्यार्थी संघ लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप घर्ती मगरकोे विशिष्ट आथित्यतामा सम्पन्न भएको कार्यक्रमको संचालन सचिब घनश्याम खड्का मगरले गरेका थिए । कार्यक्रममा लुम्बिनी प्रदेश उपाध्यक्ष कमल थापा मगर, रुपन्देही जिल्ला अध्यक्ष दिपक दर्लामी मगर, जिल्ला सदस्य रमेश सारु मगर, लुम्बिनी वाणिज्य क्याम्पस अध्यक्ष टेक राना मगर लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेपाल मगर विधार्थी संघ केन्द्रिय सदस्य मनिष फालले मगर विद्यार्थी संघले मगर विद्यार्थीहरुको मात्र नभई आम विद्यार्थीहरुको हक हित र अधिकार प्राप्तिका लागि एकजुट भई आवाज उठाउदै आएको बताए । यस्तै विशिष्ट आथिति घर्तीले विधार्थीहरुले कोरा किताबी ज्ञान मात्र नभई आफ्नो घर, परिवार र समाज रुपान्तरणका लागि विधार्थीहरु एकजुट भई राजनितिक चेतना र कुसंस्कारको अन्त्य गर्नु आवश्यक रहेको र यसका लागि मगर विद्यार्थी संघले स्थापना कालदेखि नै काम गर्दै आइरहेको बताए । साथै समाज रुपन्तरणमा बिधार्थी एकता महत्वपुर्ण हुने भएकोले सबैलाई एकजुट हुन समेत आग्रह गरे ।
अधिबेशनबाट उपाध्यक्षमा कल्पना बुढा मगर र खेम चौहान मगर, सचिवमा सुस्मिता राना मगर, सह-सचिवमा भूमिराज खासु मगर, कोषाध्यक्षमा सागर अस्लामी मगर, सह-कोषाध्यक्षमा अस्मिता सारु मगर, सचिवालय सदस्यहरुमा प्रबिना बुढाथोकी मगर र कल्पना थापा मगर चयन भएका छन् । यस्तै सदस्यहरुमा नविना थापा मगर, कृष्ण घर्ति मगर, कल्पना थापा मगर, अस्मिता राना मगर, रबिना राना मगर, प्रतिमा पुन मगर र प्रबिना थापा मगर चयन भएका हुन् ।