नेपालीहरुको महान चाडहरु सुरु भए पनी कोरोनाका कारण त्यति हर्ष भने देखिन्न । कोरोना कहरका बिच पनि लोक संगीत भने केहि प्रभावित भए पनि ठप्प भने भएको छैन । सर्जकहरुले सामाजिक दुरी कायम गरि सिर्जनाहरु गरिरहेका छन्। यसै बिच दशैंको अवसर पारि बुटवलमा रहेर लामो समयदेखि कलाकारिता गरिरहेका गायक तथा सर्जक नारायण बि.पी. परियारले नयाँ लोक गीत “परदेशी” सार्वजनिक गरेका छन्।
नारायण बि.पी युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा स्वर नारायण बि.पी र गायिका देवी घर्तीको रहेको छ। गीतको संगीत केशब बडुले बनाएका हुन् । उक्त गितको भिडियोमा नारायण बि.पि. र बिष्णु श्रीपालीको अभिनय रहेको छ। भिडियोको छायांकन तथा सम्पादन सोभाखर पन्तले गरेका हुन् भने सहायक छायांकन प्रदिप परियारले गरेका हुन् । भिडियो बिक्रम बाबु बिश्वकर्माले निर्देशन गरेका हुन् । दर्शकहरु माझमा नेपाली युवाहरुको परदेशिनुको पिडा प्रस्तुत गरेको र दर्शकहरुले माया गर्ने बिश्वास रहॆको गायक तथा मोडल नारायण बि.पी.ले बताए ।
हेर्नुहोस भिडियो: