प्रदेश राजधानी विवाद, बुटवलमा तनाव: मुख्यमन्त्री पोखरेलको गाडीमा ढुंगामुढा

प्रदेश राजधानी विवाद, बुटवलमा तनाव: मुख्यमन्त्री पोखरेलको गाडीमा ढुंगामुढा

विशेष
Spread the love

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा आन्दोलनकारीले बुटवलमा ढुंगामुढा प्रहार गरेका छन्। काठमाडौंबाट भैरहवा विमानस्थल भएर मुख्यमन्त्री पोखरेल कडा सुरक्षाबीच बुटवल आउँदै गर्दा बुटवलको राजमार्ग चौराहानजिक उनको गाडीलाई लक्षित गरेर ढुंगा प्रहार भएको हो।

मुख्यमन्त्री सवार गाडीमा ढुंगा प्रहार भएको र मुख्यमन्त्री पोखरेल सामान्य घाइते भएको नेकपा मुख्य सचेतक भूमिश्वर ढकालले पुष्टि गरे। मुख्यमन्त्री सवार गाडी र मुख्यमन्त्रीको स्कर्टिङ गर्ने २ वटा गाडीमा क्षति भएको प्रहरीले जनाएको छ। यद्यपि प्रहरीले कति क्षति भयो भन्ने यकिन नभएको जनाएको छ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले सोही स्थानबाट नेवि संघका केन्द्रीय उपसभापति मुक्ति पौडेलसहित चार जनालाई पक्राउ गरेको छ।

मुख्यमन्त्री सवार गाडीमा कसले ढुंगा प्रहार गर्‍यो भन्ने खुलेको छैन। प्रदेश ५ को स्थायी राजधानी सार्ने प्रस्ताव प्रदेश सभामा दर्ता गरेको छ। मुख्यमन्त्री शनिबार बिहान पार्टी बैठकपछि काठमाडौ गएका थिए। 

सदनमा पेश गरेको प्रस्तावप्रति असन्तुष्ट पक्षले रुपन्देही बन्दका कार्यक्रमसहित प्रदर्शन जारी राखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *