पछिल्लो २४ घण्टामा सोमबार ३ हजार ७ सय ९० जनामा सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा सोमबार ३ हजार ७ सय ९० जनामा सङ्क्रमण पुष्टि

समाचार
Spread the love

साेमबार पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ९० जनामा सङ्क्रमण पुष्टि भएकाे छ । १५ हजार सात सय १४ जनाकाे नमुना परीक्षण गरिएकाे मन्त्रालयले जनाएकाे छ । त्यस्तै गएकाे २४ घण्टामा २ हजार ३ सय ३५ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ९४ हजार ५ सय १ पुगेको छ ।

अब नेपालमा ४० हजार ७ सय ७८ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै ४ हजार ४ सय ७० जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा १८ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ५ सय ५७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *