मगर विद्यार्थी संघ रुपन्देहीको १५औं अध्यक्षमा रमेश निर्वाचित

मगर विद्यार्थी संघ रुपन्देहीको १५औं अध्यक्षमा रमेश निर्वाचित

समाचार
Spread the love

२१ चैत २०७८, सोमवार

नेपाल मगर विद्यार्थी संघ रुपन्देही जिल्लाको १५ औं अधिवेशन सम्पन्न भएको छ । शनिबार बुटवलको अमर भवनमा सम्पन्न अधिवेशनबाट रमेश सारु मगर सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् । अधिवेशनले १७ सदस्यीय नयाँ कार्य समितिसहित उपाध्यक्षमा रश्मि पेमी मगर, सचिवमा राजेश सिंजाली मगर, सह सचिवमा टेक राना मगर, कोषाध्यक्षमा अन्जली राना मगर ,सचिवालय सदस्यमा नबिना थापा मगर चयन गरेको हो । यस्तै रीमा थापा मगर, रबिना डगामि मगर, जानकी थापा मगर, जानकी थापा मगर, मिनु काम्मु मगर, बिशाल गाहा मगर र कल्पना थापा मगर सदस्यमा चयन भएका छन् ।

निर्वचन पश्चात कार्यक्रममा बोल्दै नेपाल मगर विद्यार्थी संघका केन्द्रिय अध्यक्ष विष्णु कुमार थापा मगरले विद्यार्थीहरु शैक्षिक पक्षका साथ साथै सामाजिक र सांस्कृतिक पक्षको संरक्षण र रुपान्तरणमा पनि लाग्नु पर्नेमा जोड दिनुभयो । थापाले जहाँनिया क्रुर शासनबाट मूक्त गर्नका लागि शंखघोष गर्ने नेपालका प्रथम शहीद लखन थापामगरको बारेमा भ्रम नछर्न र राज्यको तर्फबाट उचित सम्मान गर्न माग गर्नुभयो । शिक्षालाई स्वरोजगार र उत्पादनसंग जोड्न राज्यले बेलैमा ध्यान दिनुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा नेपाल मगर विद्यार्थी संघका पूर्व केन्द्रिय सदस्य इन्द्र सारु मगर, प्रदेश अध्यक्ष प्रदिप घर्ती मगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीका अध्यक्ष सनु थापा मगर, नेपाल मगर संघ लुम्विनी प्रदेश सचिवालय सदस्य सञ्जिव थापा मगर, नेपाल मगर संघ जिल्ला समिति रुपन्देहीका सचिव थर्क बहादुर बारघरे मगर, महिला नेतृ राधिका श्रीस मगर, नेपाल मगर विद्यार्थी संघका पूर्व जिल्ला अध्यक्ष कमल थापा मगर, बसुन्धरा पेमी मगर लगायतले बोल्दै विधार्थी हक, हित र अधिकारला लागि विधार्थीहरु एकता अनिवार्य रहेकोले सबैलाई एक हुन जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *