बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ३५ जना कोरोना संक्रमितको मृत्यु

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ३५ जना कोरोना संक्रमितको मृत्यु

समाचार
Spread the love

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा हालसम्म ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना बिशेष अस्पतालमा शनिबार बिहान बुटवल १० का ७१ वर्षीय पुरुषको मृत्यु भएको थियो । यो संगै लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ३५ पुगेको हो । त्यसमध्ये २७ जना पुरुष र ८ जना महिला रहेका छन् ।


त्यस्तै शुक्रबारसम्म कोरोना संक्रमण भई निको भएका १५४ जनालाई डिस्चार्ज गरिएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा ज्वरो, खोकी तथा स्वासप्रस्वासमा समस्या भएका ६०६ जना बिरामीलाई ओपिडीमा भर्ना गरिएको थियो ।

त्यस्तै कोरोना भाईरस (कोभिड–१९) पोजिटिभ भई लक्षण देखिएका १७ जनालाई आईसीयु, ३२ जनालाई आईसोलेशन वार्ड र ७ जना फिभर क्लिनिक आईसोलेशनमा गरि ५६ जनालाई कोरोना बिशेष अस्थायी अस्पतालमा उपचार भईरहेको अस्पतालका सूचना अधिकारी डा. बिष्णु गौतमले जारी गरेको स्वास्थ्य विवरणमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *