लगइन एजुकेशन बुटवलमा नेपाल वैंकको तयारी अभिमुखीकरण कार्यक्रम सम्पन्न

लगइन एजुकेशन बुटवलमा नेपाल वैंकको तयारी अभिमुखीकरण कार्यक्रम सम्पन्न

समाचार
Spread the love

२९ फागुन २०७८, आइतवार

लगइन एजुकेशन बुटवलमा नेपाल वैंक लिमिटेडको तयारी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार बुटवल ३ गोलपार्कमा रहेको लगइन एजुकेशन एण्ड टेक्निकल नेटवर्कमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । नेपाल वैंक लिमिटेडको तयारी कक्षा लिन इच्छुक विद्याथीहरुलाई मध्यनजर गर्दै गरिएको अभिमुखिकरण कार्यक्रममा राष्ट्रिय वाणिज्य वैंक सु. ब भैरहवा शाखाका शाखा प्रमुख हिम खनालले नेपाल वैंक लिमिटेडमा रामो करीयर रहेको र तिव्र प्रतिस्प्रधा रहेकोले नयाँ ढङ्गबाट जुट्नुपर्नै बताउनु भयो । साथै उक्त कार्यक्रममा निजामति क्षेत्रका कर्मचारिहरु,नेपाल वैंक लिमिटेडका कर्मचारिहरु पनि उपस्थिति रहेको र आफ्ना अनुभवहरु बताउनु भएको थियो ।

लगइन एजुकेशन बुटवलमा नेपाल वैंकको तयारी अभिमुखीकरण कार्यक्रम सम्पन्न

अभिमुखिकरणमा ६० भन्दा बढी विद्याथीहरुको उपस्थिती रहेको थियो । नेपाल वैंक लिमिटेडको तयारीमा बसेका विद्याथहिरुको माग अनुरुप कार्यक्रम गरिएको र फागुन ३० गतेबाट निरन्तर रुपमा नेपाल वैंक लिमिटेडका कक्षाहरु सञ्चालन हुने सञ्चालक अर्जुन खनालले जानकारी दिए । लगइन एजुकेशनका सञ्चालक अर्जुन खनालको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन माया घिमिरे ले गरेकि थिइन । साथै यस संस्थाका सञ्चालक अर्जुन खनालले तयारीमा जुट्नुभएका बिधार्थिहरुलाइ मिति २०७८-११-२८ र २९ गते भर्ना हुनेलाइ तोकिएको शुल्कमा १५ प्रतिशत छुट दिने जानकारी गराउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *