वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा एक साताका लागि निषेधाज्ञा

वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा एक साताका लागि निषेधाज्ञा

समाचार
Spread the love

१३ वैशाख २०७८, सोमवार

कोरोना संक्रमण ह्वात्तै बढेपछि काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा लगाउने तयारी गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञा लगाउनुपर्ने बाध्यात्मक अवस्था आएको बताउनुभयो । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा निषेधाज्ञा लगाएर खाद्यपदार्थ र औषधि पसलबाहेकका पसल बन्द गर्ने र निजी र सार्वजनिक यातायात पनि बन्द गर्ने तयारी छ ।

निषेधाज्ञा लगाएर गाडी समेत बन्द गर्नुअघि नागरिकलाई कतै आवतजावत गर्न दुई दिनको समय दिईनेछ । निषेधाज्ञाको निर्णय सार्वजनिक गर्नुअघि अहिले मुख्य सचिव शंकरदास वैरागी र काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीबीच छलफल भैरहेको छ । छलफलपछि निषेधाज्ञाको निर्णय सार्वजनिक गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *