नेपाल मगर विद्यार्थी संघ जिल्ला कार्य समिति रूपन्देहीले प्रथम सहिद स्व. क्या. लखन थापा मगरको १४४ औं स्मृतिमा शनिबार दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । समितिले बुटवलको लखन चोकमा रहेको लखन थापाको सालिक अगाडी दिप प्रज्वलन गरेको हो ।
नेपाल मगर विद्यार्थी संघ जिल्ला कार्य समिती रुपन्देहीका अध्यक्ष दिपक दर्लामी मगरको अध्यक्षता, नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सदस्य मनिष फाल मगरको प्रमुख आतिथ्यता तथा नेपाल मगर संघ जिल्ला समिति रुपन्देही सचीव एवं बुटवल उप-महानगरपालिका अध्यक्ष थर्क बहादुर बाह्रघरे मगरको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल मगर विद्यार्थी संघ केन्द्रीय सदस्य शरू थापा मगर, नेपाल मगर विद्यार्थी संघ लुम्बिनी प्रदेश उपाध्यक्ष कमल थापा मगर लगायत मगर सम्बद्ध विभिन्न संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मनिष फाल मगरले लखन थापा स्वर्गीय भए पनि उहाँले दिएको याेगदान अझै पनि बलेको दियाे झै हामी माझ रहेको बताउनु भयाे । यस्तै विशिष्ट अतिथी थर्क बहादुर बाह्रघरे मगरले शहिद लखन थापाको योगदानलाई राज्यले उचित मूल्यांकन गर्न नसकेको र उहाँको मार्ग दर्शनलाई सबैले पालना गर्नुपर्ने बताउनुभयो । कार्यक्रमको संचालन नेपाल मगर विद्यार्थी संघ रूपन्देहीका सदस्य राजेश सिङ्जाली मगरले गरेका थिए ।
