देवदह-१, बिर्तामा भलिबल प्रतियोगिता सम्पन्न: कुँवरवर्ती बन्यो प्रथम

देवदह-१, बिर्तामा भलिबल प्रतियोगिता सम्पन्न: कुँवरवर्ती बन्यो प्रथम

खेलकुद
Spread the love

१४ फागुन २०७८, शनिवार

श्री इन्द्रेणी युवा क्लब देवदह-१, बिर्ताको आयोजनामा खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । शनिवार सम्पन्न प्रतियोगितामा कुँवरवर्ती इङ्ग्लिश बोर्डिङ्ग स्कुल प्रथम भइ नगद रु. ३५,००० साथै ट्रफी, मेडल र प्रमाण-पत्र हात पार्न सफल भएको छ । यस्तै कुँवरवर्ती कै बेस्ट सर्भर दिनेश कुँवर, बेस्ट ब्लकर राहुल चौधरी, बेस्ट सेटर दिपेश कुंवर, बेस्ट कोच प्रताप खवास र बेस्ट स्पाइकर सुर्य बि. क. बन्न सफल भएका थिए । प्रतियोगितामा सहभागी २० टिमलाइ पछाडी पार्दै कुँवरवर्ती बिजयी भएको हो । यस्तै आयोजक टिम इन्द्रेणी युवा क्लब द्वितीय र तिलोत्तमा-५ तृतीय हुन सफल भएका थिए ।

अध्ययनसंगै अतिरिक्त क्रियाकलापमा बिशेष जोड दिदै आइरहेको कुँवरवर्ती छात्र र छात्रा दुवै तर्फ भलिबलको समेत हब बन्दै गएको छ ।
विधार्थीहरुमा किताबी कोरा ज्ञान मात्र थपेर मानसिक दबाव दिइरहेको परिपेक्षमा कुँवरवर्तीले भने यसका साथै अतिरिक्त क्रियाकलापमा बिशेष ध्यान दिईरहेको अतिरिक्त क्रियाकलाप प्रमुख युवराज रिमालले बताए । भलिबल कोच प्रताप खवासले आफुले हर प्रयास गरेर आफ्नो टिमलाई अब्बल बनाउने काममा लगनशिल भइ उत्कृष्ट बन्न सफल भएकोमा खुसि व्यक्त गर्दै सम्पूर्ण खेलाडिहरुलाई धन्यवाद व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *