कुँवरवर्ती सिङगिङ्ग आइडल सम्पन्न

कुँवरवर्ती सिङगिङ्ग आइडल सम्पन्न

समाचार
Spread the love

२८ फागुन २०७८, शनिवार

शुक्रवारीय कार्यक्रम अन्तर्गत कुँवरवर्ती इङलिस बोर्डिङ स्कूलमा सिङगिङ्ग आइडल सम्पन्न भएको छ । ७० जना प्रतिस्पर्धीहरुले भाग लिएको प्रतियोगितामा कक्षा ३ देखि ४ समूहमा समर खरेल प्रथम, दृष्टि थारु द्वितीय र अन्स चौधरी तृतीय हुन सफल भए । यस्तै कक्षा ५ देखि ६ समूहमा प्रज्वल पौडेल प्रथम, एन्जल मल्ल द्वितीय र कृष्टिना खाम्चा तृतीय भए भने कक्षा ७ देखि ९ समूहमा एलिना गिरि प्रथम, सुजल थापा द्वितीय र राजेन्द्र क्षेत्री तृतीय भए ।

विद्यालयका प्राचार्य दिपक खनालको अध्यक्षता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण खनालको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका वरिष्ट सदस्य चन्द्र प्रकाश निउरेको बिशिस्ट आतिथ्यता रहेको कार्यक्रमको सन्चालन विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख युवराज रिमालले गर्नुभएको थियो ।


कार्यक्रममा शैक्षिक शत्र २०७७ मा कक्षा नर्सरी देखि १० सम्म प्रथम, द्वितीय र तृतीय हुने बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरि सम्मान समेत गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि लक्ष्मण खनाल, विद्यालयका मा वि संयोजक शिव पोख्रेल, विद्यालय व्यवस्थापन समिति सदस्य कुल प्रसाद पौडेलले टिका तथा पुरस्कार वितरण गरी सम्मान गरिएको थियो । कार्यक्रमको बिचमा विधार्थीहरुले सांस्कृतिक नृत्य र सामूहिक गीत पनि प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *