शुक्रवार, १३ फागुन, २०७८
तिलोत्तमा-८ प्रदिपनगर स्थित कुँवरवर्ती इङ्ग्लिश बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तर्गत वक्तृत्व कला प्रतियोगिता तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । “वर्तमान नेपालमा एमसिसी आवश्यक छ कि छैन” भन्ने बिषयमा प्रतियोगीहरुले आफ्नो बिचारहरु प्रस्तुत गरेका थिए । प्रतियोगितामा ३६ जना विद्यार्थीहरुले भाग लिएका थिए । प्रतियोगितामा कक्षा ६ मा अध्ययनरत छात्र शोखिन ठडराई प्रथम, कक्षा ६ मै अध्ययनरत छात्र अश्विन पौडेल द्वितीय र कक्षा ९ मा अध्ययनरत छात्र सुशील श्रेष्ठ तृतीय हुन सफल भएका थिए । विजेताहरुले आकर्षक पुरस्कारहरु प्राप्त गरेका थिए ।
विद्यालयका प्राचार्य दिपक खनालको अध्यक्षता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण खनालको प्रमुख आतिथ्यता तथा अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीको बिशिस्ट आतिथ्यता रहेको कार्यक्रमको सन्चालन विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख युवराज रिमालले गर्नुभएको थियो । प्रतियोगिताको निर्णायकका रुपमा नेपाली शिक्षिका मिना खनाल, नेपाली शिक्षिका शान्ता खड्का र सामाजिक शिक्षक बाबुराम घिमिरे रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्राचार्य खनालले बिद्यालयमा हुने यस्ता अतिरिक्त क्रियाकलापहरुले विद्यार्थीहरुको अन्तर्निहित प्रतिभाको उजागर गर्दै त्यसको बिकास गर्न मद्दत पुग्ने र यस्ता कार्यक्रमहरुमा सबै विद्यार्थीहरुलाई सहभागी हुन आग्रह समेत गर्नुभयो । प्रत्येक शुक्रवार फरकफरक कार्यक्रम हुँदै आइरहेको र यो शुक्रबार देशको समसामयिक बिषयमा बिद्यार्थीको बिचार आदानप्रदान गर्नका लागि यसप्रकारको कार्यक्रम आयोजना गरिएको अतिरिक्त क्रियाकलाप प्रमुख रिमालले बताउनुभयो ।
कार्यक्रमको बिचमा कक्षा २ देखि ७ सम्मका बिद्यार्थीहरुले इसिए डान्स एण्ड म्युजिक शो समेत प्रस्तुत गरेका थिए । यस्तै प्रत्येक हप्ता प्रदान गर्दै आइरहेको Best Assembly Presenter Award कक्षा ४ (सन) का छात्र कुशल गुरुङ र छात्रा गृष्मा कार्किलाई प्रदान गरिएको थियो ।
यस्तै दोस्रो चरणको कार्यक्रम अन्तर्गत कान्तिपुर टेलिभिजनमा प्रशारण हुँदै आइरहेको “डान्स च्याम्पियन नेपाल” को “टप ५” मा पुग्न सफल तिलोत्तमा ११ निवासी यसै विद्यालयका बिद्यार्थीहरु हिमाल सुनार र मनिष नेपालीलाई स्वागत तथा सम्मान गरिएको थियो । उनिहरुलाई अध्यक्ष लक्ष्मण खनालले स्वागत तथा प्राचार्य दिपक खनालले शुभकामना व्यक्त गर्नुभएको थियो । “डान्स च्याम्पियन नेपाल” प्रतिस्पर्धी द्वोयले आफुहरु यसै विद्यालयमा अध्ययन गरि यहाँसम्म पुग्न सफल भएकोमा विद्यालयप्रती आभार प्रकट गर्दै विजेता बनाउनका लागि भोट गर्न सबैमा अपिल समेत गरेका थिए । साथै कार्यक्रममा आफ्नो प्रस्तुति समेत दिएका थिए ।
पुरा भिडियो समाचार हेर्न तल क्लिक गर्नुहोस ।