कुँवरवर्तीमा वृक्षारोपण गरि मनाइयो विश्व वातावरण दिवस

कुँवरवर्तीमा वृक्षारोपण गरि मनाइयो विश्व वातावरण दिवस

शिक्षा समाचार
Spread the love

२३ जेठ २०७९, सोमवार

जेठ २२ विश्व वातावरण दिवस, नेपालसहित विश्वभर विभिन्न जनचेतनामुलक कार्यक्रम गरेर मनाइएको छ । हरेक वर्षको ५ जुनमा विश्व वातावरण दिवस मनाउने गरिन्छ। ‘केवल एउटा पृथ्वी’ भन्ने मुल नारासहित यस वर्षको वातावरण दिवस मनाइएको छ। यसै सन्दर्भमा तिलोत्तमा-८ प्रदिपनगर स्थित कुँवरवर्ती इङ्ग्लिश बोर्डिङ स्कुलमा पनि वातावरण स्वच्छ सफा र हराभरा राख्नुको आवश्यकता महत्त्व फाइदा र यसमा हाम्रो भूमिकाबारे सचेतना जगाउनको निम्ति विद्यालयमा वातावरण दिवसको दिन विधार्थीहरुले विद्यालय परिसर भित्र रहेको फोहोर सरसफाइ साथै वृक्षारोपण पनि गरेका छन ।

एक औपचारिक कार्यक्रम पश्चात विद्यालय आसपासका क्षेत्रमा करिब ५०० वटा नयाँ बोटबिरुवा रोपिएको हो। विद्यालयका प्राचार्य दिपक खनाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण खनाल र कक्षा ४ देखि १० सम्मका विधार्थीहरुको उपस्थिति तथा सहप्राचार्य शिव पोख्रेल, अतिरिक्त क्रियाकलाप प्रमुख युवराज रिमाल र मा वि संयोजक ज्ञानु गुप्ताको सहजीकरणमा उक्त कार्यक्रम सम्पन्न भयो।

कार्यक्रममा विद्यालय बाल क्लब अध्यक्ष निकिता खरेलले वातावरणसम्बन्धि केहि तथ्यसहितको भनाई प्रस्तुत गर्नुभएको थियो। विश्वमा बढ्दै गइरहेको वातावरण प्रदूषणले बिग्रदै गइरहेको पर्यावरणीय असन्तुलन र त्यसबाट मानिसलाई मात्रै नभई वन्यजन्तु र पशुपंछीमा समेत पर्न गएको गम्भीर प्रतिकूल असरबारे जानकारी गराउन आज बिश्वभर विश्व वातावरण दिवस मनाइएको हो। वातावरणलाई स्वच्छ स्वस्थ र हराभरा बनाउन हाम्रो भूमिका र यसको दीर्घकालीन महत्त्वबारे सबैलाई जागरुक गराउन यो दिवसले महत्वपुर्ण भूमिका खेल्ने गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *