कुँवरवर्ती किड्स गट ट्यालेन्ट सम्पन्न

कुँवरवर्ती किड्स गट ट्यालेन्ट सम्पन्न

समाचार
Spread the love

१२ चैत २०७८, शनिवार

कुँवरवर्ती इङलिस बोर्डिङ स्कूलमा कुँवरवर्ती किड्स गट ट्यालेन्ट सम्पन्न भएको छ । विधार्थीहरुको अन्तरनिहित प्रतिभाको उजागर गर्ने उद्धेश्यले हरेक शुक्रबार हुने अतिरिक्त क्रियाकलाप अन्तरगत यो उक्त कार्यक्रम आयोजना गरिएको थियो । कक्षा नर्सरीदेखि कक्षा एकसम्मका विधार्थीहरुलाइ लक्षित गरिएको कार्यक्रममा विद्यालयका सह प्राचार्य शिव कुमार पोख्रेलको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण खनालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम अध्यक्ष पोख्रेलले टाइटल उद्घोस गर्दै कार्यक्रमको विधिवत उद्घाटन गर्नुभयो । करिव ६०० विधार्थीको उपस्थिति रहेको कार्यक्रममा ३०० जनाले ८२ वटा नृत्य, गायन, बक्तृत्वकला, कबिता बाचन लगायतका प्रस्तुतिहरु दिएका थिए ।

कक्षा नर्सरीबाट अंशु पुन प्रथम, अनुप गौतम द्वितीय र रोजी राना तृतीय भएका थिए । यस्तै कक्षा एलकेजीबाट समपदा श्री तिवारी, हिमांशी पन्थ र रोशनी क्षेत्री क्रमश: प्रथम, द्वितीय र तृतीय भए । कक्षा युकेजीबाट अनेक्षा अधिकारी, स्मारिका छेत्री र विशेष क्षेत्री क्रमश: प्रथम, द्वितीय र तृतीय हुन सफल भए भने कक्षा एकबाट प्रिन्सा चौधरी, सुजना छेत्री र अश्विना पौडेल क्रमश: प्रथम, द्वितीय र तृतीय भएका थिए । उत्कृष्ट हुने सम्पूर्ण बिधार्थिहरुलाई प्राचार्य दिपक खानालले पुरस्कार सहित सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा विद्यालयकी नृत्य प्रशिक्षक प्रतिका मल्ल निर्णायक रहनुभएको थियो भने कार्यक्रमको सन्चालन विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख युवराज रिमालले गर्नुभएको थियो ।

कुँवरवर्ती किड्स गट ट्यालेन्ट सम्पन्न
कुँवरवर्ती किड्स गट ट्यालेन्ट सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *