बुटवलको कालिकानगरमा खस्यौली रोदी क्लबको सुभारम्भ

बुटवलको कालिकानगरमा खस्यौली रोदी क्लबको सुभारम्भ

मनोरञ्जन
Spread the love

२८ कार्तिक २०७८, आइतवार

बुटवलको कालिकानगरमा खस्यौली रोदी क्लब संचालनमा आएको छ । एक औपचारिक कार्यक्रमका बिच शनिवार चर्चित लोक तथा दोहोरी गायक बद्रि पंगेनीले क्लबको समुद्घाटन गरेका हुन् । औपचारिक कार्यक्रमको संचालन लोक तथा दोहोरी गायक नारायण लेकालीले गरेका हुन् । क्लबको समुद्घाटन कार्यक्रम कार्तिक २७ गतेदेखि मंसिर १ गतेसम्म जारी रहनेछ । हरेक दिन राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरु तथा स्थानिय कलाकारहरुको साथमा लाइभ दोहोरी संचालन हुनेछ ।

बुटवलको कालिकानगरमा खस्यौली रोदी क्लबको सुभारम्भ


मौलिक लोक संस्कृतिको जगेर्ना गर्दै कलाकारहरुको समृद्धि तथा एकताका लागि मोफसलको राजधानी बुटवलमा नयाँ जोश र जाँगरका साथ क्लबको सुभारम्भ गरेको संचालक मध्येका एक दिपक गरौंजा मगरले जानकारी दिए । करिब एक करोड बराबरको लगानीमा क्लबको संचालन गरिएको छ । क्लबले सधैभरि लोक कला र संस्कृतिको संरक्षण र कलाकारहरुको एकताका लागि निरन्तर लागि परिरहने अर्का संचालक खिम सापकोटाले जानकारी दिए ।

सुभारम्भको अवसरमा कार्तिक २७ गते लोक तथा दोहोरी गायक बद्रि पंगेनी, कार्तिक २८ गते लोक तथा दोहोरी गायक पशुपति शर्मा, कार्तिक २९ गते लोक तथा दोहोरी गायिका सम्झना लामिछाने मगर, कार्तिक ३० गते लोक तथा दोहोरी गायिका प्रिती आले, मंसिर १ गते लोक तथा दोहोरी गायक खुमन अधिकारी, लोक तथा दोहोरी गायिका रुपा घर्ति मगर तथा स्थानिय कलाकारहरुको नियमित प्रस्तुति रहने संचालक दिपक गरौंजा मगरले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *