गायक हेमन्त शर्मासंग कुँवरवर्तिका विधार्थी

गायक हेमन्त शर्मासंग कुँवरवर्तिका विधार्थी

समाचार
Spread the love

७ चैत २०७८, सोमवार

सोमवार विद्यालयमा एक समारोहका बीच लोकप्रिय गायक हेमन्त शर्मालाई स्वागत तथा सम्मान गरिएको छ । विद्यालयका प्राचार्य दिपक खनाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण खनालले गायक शर्मालाई पुष्प गुच्छा प्रदान गरि सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा शर्माले विधार्थीहरुसंग अन्तरक्रिया गर्दै आफ्नो प्रस्तुति दिएका थिए । शर्माले यस विद्यालयका विधार्थीहरु अतिरिक्त क्रियाकलापमा निकै सक्रिय रहेको बताउदै उत्कृष्ट कलाकार साथै असल विधार्थी उत्पादनको निम्ति कुँवरवर्ति सधै अग्रसर रहेको बताउनुभयो । साथै विधालयको सुनौलो भबिष्यको कामना गर्दै विधार्थीहरु किताबी ज्ञानमा मात्र नभई आफ्नो चौतर्फी विकासका लागि संगीत, गायन र नृत्यको समेत महत्वपुर्ण भूमिका हुने कुरामा जोड दिनुभयो ।

गायक हेमन्त शर्मासंग कुँवरवर्तिका विधार्थी

कार्यक्रममा कक्षा १ र २ मा अध्ययनरत विधार्थीहरुले स्वागत नृत्य र अघिल्लो हप्ताको गायन प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरुको प्रस्तुति समेत रहेको थियो । यस्तै विद्यालयका संगीत प्रशिक्षक अफ्सर अलिको समेत प्रस्तुति रहेको थियो । कार्यक्रमको सन्चालन विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख युवराज रिमालले गर्नुभएको थियो ।

गायक हेमन्त शर्मासंग कुँवरवर्तिका विधार्थी
गायक हेमन्त शर्मासंग कुँवरवर्तिका विधार्थी

Leave a Reply

Your email address will not be published. Required fields are marked *