२०७७ माघ १
अर्घाखाँची जिल्लाको शितगंगामा विभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै आएको श्री भगवती माई युवा क्लबद्वारा आयोजित अन्तर जिल्ला वडा स्तरीय भलिबल प्रतियोगिता-२०७७ सम्पन्न भएको छ । नेपालीहरुको महान चाड माघे सक्रांन्तीको शुभ अवसरमा पौषको २९ गते र माघ १ गते गरि २ दिनसम्म संचालन भएको प्रतियोगिताको शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारीको प्रमुख आतिथ्यता, समाजसेवी दीपा लामिछानेको विशिष्ट आतिथ्यतामा बिहीवार सम्पन्न भएको हो । प्रतियोगितामा आयोजकले प्रथम स्थान हात पारेको छ । यस्तै भुमिकास्थान नगरपालिका वडा न. ५ ले द्वितीय स्थान हासिल गर्यो भने शितगंगा नगरपालिका वडा न. ६ को समूहले तृतीय स्थानमा चित्त बुझायो । यस्तै प्रबिन सारु उत्कृष्ट खेलाडी बन्न सफल भए भने, बिशाल ठेडी मगर बेष्ट स्पाइकर बन्न सफल भए ।

प्रथम, द्वितीय र तृतीय समूहलाई क्रमशः नगद रु २५,५५५/-, १३,३३३/-, ७,७७७/- र साथमा कप, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । प्रतियोगितामा अर्घाखाँची जिल्लाका विभिन्न पालिकाहरु भित्रका ९ वटा समूहले भाग लिएका थिए । प्रथम पुरस्कारको सौजन्य शिवादह घर भइ हाल अमेरिका रहेका खेलप्रेमी जीवन लामिछाने, द्वितीय पुरस्कार बुटवलका समाजसेवी तथा युवा व्यवसायी दिल खत्री र ओम प्रकाश, तृतीय पुरस्कार लोक तथा दोहोरी गायक दिपक गरौंजा, उत्कृष्ट खेलाडी नेपाल प्रहरी बाबुराम घर्ती मगर, बेष्ट स्पाइकर पुरस्कार नेपाल प्रहरी सुभम घर्ती मगर, ब्यानर सौजन्य कल्लेरी निवासी छबिलाल आचर्यले गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी सुर्य प्रसाद अधिकारीले यस क्षेत्रमा रहेर क्लबले बिकास निर्माण र रचमात्मक कार्यहरुमा निकै उत्साहित भएर हातमा हात र साथमा साथ दिदै अगाडि बढिरहेको र आगामी दिनहरुमा समेत साथ दिन अनुरोध गर्दै आफुले पनि क्लबका यस्ता रचनात्मक कार्यहरुमा साथ दिने र युवाहरु नै देशका शक्ति भएकोले युवाहरु एकजुट भै बिकास निर्माणमा लाग्न समेत आग्रह गर्नुभयो । कार्यक्रमका अध्यक्ष एल्जि मगरले युवाहरुको जोस र जाँगरलाई राष्ट्रले पहिचान गरि त्यसको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । समापन समारोहको औपचारिक कार्यक्रम क्लबका सचिब जगदिश गरौंजाले गरेका थिए ।
