बुटवल लेडी जेसिज वर्ष २०२१ मा जेसी शर्मिला राना निर्वाचित

बुटवल लेडी जेसिज वर्ष २०२१ मा जेसी शर्मिला राना निर्वाचित

समाचार
Spread the love

२०७७ माघ ३, शनिवार

बुटवल लेडी जेसिजको अध्यक्षमा जेसी शर्मिला राना निर्वाचित भएकी छन् । सन् २०२१ को लागि शनिबार भएको २४ औँ अधिवेसनबाट राना अध्यक्ष पदमा निर्वाचत भएकी हुन् ।

त्यस्तै कायकारिणी उपाध्यक्षमा जेसी रुपा श्रेष्ठ, जेसी राजश्री गौतम निर्वाचित भएका छन् । त्यस्तै कानूनी सल्लाहकारमा जेसी अनुपमा श्रेष्ठ, महासचिवमा जेसी कमला लम्साल, कोषाध्यक्षमा जेसी प्रभा गौतम, उपाध्यक्षहरुमा जेसी राधिका खनाल बेलबासे, जेसी बसन्ता घिमिरे, जेसी महिमा कुँवर र जेसी सरु थापा, सह-सचिवमा जेसी नुमाकला राहादी, सह-कोषाध्यक्षमा जेसी पुनम पन्त निर्वाचित भएका छन् ।

बुटवल लेडी जेसिज वर्ष २०२१ मा जेसी शर्मिला राना निर्वाचित

अध्यक्षको प्रमुख कार्यकारिणी सहायकमा जेसी संगीता ढकाल, अध्यक्षीय सल्लाहकारमा जेसी रुपा श्रेष्ठ पाठक र जेसी सपना कार्की, शाखा सम्पादकमा जेसी कृतिका जोशी र सदस्य बृद्धि संयोजकमा जेसी मीना नगरकोटी मनोनित भएका छन् । तालिम संयोजकमा जेसी बेदना पाण्डे, वार्षिक कार्यक्रम संयोजकमा जेसी जमुना श्रेष्ठ, पीआरओमा जेसी धनु श्रेष्ठ, पुर्व अध्यक्ष सल्लाहकारमा जेसी कल्पना जोशी, जेसी रुपा पाण्डे, जेसी राधिका पोखरेल र जेसी लक्ष्मी थापा मनोनित भएका छन् ।

बुटवल लेडी जेसिज वर्ष २०२१ मा जेसी शर्मिला राना निर्वाचित

बुटवल लेडी जेसिज वर्ष २०२० का अध्यक्ष जेसी कल्पना पाण्डेको अध्यक्षतामा भएको कार्यक्रम लुम्बिनी प्रदेश सभा सदस्य माननीय कल्पना पाण्डे लम्सालको प्रमुख आतिथ्यता, जेसी अनुपमा श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो । जेसी लक्ष्मी थापा निर्वाचन आयुक्त रहेको निर्वाचन मण्डलमा जेसी कल्पना जोशी, जेसी ओमी पुन, सिनेटर मन्जु पराजुली, जेसी रुपा पाण्डे, सिनेटर राधिका पोखरेल रहेका थिए । जेसी ज्ञानधरा पन्त, मातृशाखा बुटवल जेसिजका अध्यक्षद्वय जेसी राजीव गौतम र जेसी गोपाल चापागाई उम्मेदवार प्रशिक्षक रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *