हिमांशु बुटिकमा ४ दिने व्यक्तित्व एवं नेतृत्व विकास तालिम सम्पन्न

हिमांशु बुटिकमा ४ दिने व्यक्तित्व एवं नेतृत्व विकास तालिम सम्पन्न

मनोरञ्जन
Spread the love

हिमांशु बुटिक एण्ड ट्रेनिङ सेन्टरमा ब्याक्तित्व एवं नेतृत्व बिकास तालिम समापन भएको छ । तालिममा हिमांशु बुटिक एण्ड ट्रेनिङ सेन्टरमा ट्रेनिङरत २८ जना महिला बिद्यार्थीहरुले प्रत्यक्ष लाभ लिएका थिए । विगत लामो समय देखि फेसन डिजाइनको क्षेत्रमा आफ्नै पहिचान बनाउन सफल हिमांशु बुटिक सेन्टरले विशेष गरेर महिलाहरूलाई दक्ष जनशक्तिको रुपमा स्थापित गराउन महिलामैत्री काम गरिरहेको छ। फेसन डिजाइन र ट्रेनिङको लामो अनुभव र इतिहास कायम गर्दै विभिन्न समयाधिमा महिलाहरूलाई तालिम दिदै आत्मानिर्भर बनाउन सफल भएको छ। आफू पनि एक महिला भएको र आफू मात्र गर्न सक्ने सक्षम भएर हुँदैन अरुलाइ पनि आत्मा निर्भर बनाउनुपर्छ भन्ने बिचार रहेको हिमांशुका संचालिका हिरा पि मगरले बताउनुभयो । राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त प्रशिक्षकहरुको उपस्थितिमा फाल्गुन महिनाको २९ गते देखि चैत्र महिनाको ३ गते सम्म बुटवलको सिंह कम्प्लेक्समा भएको उक्त ४ दिने व्यक्तित्व एवं नेतृत्व विकास तालिमले हरेक विद्यार्थीमा सकारात्मक संदेश संगै सकारात्मक फाइदा पुर्‍याएको र अझ थप केही नयाँ सोच र जाँगरका साथ अगाडि बढ्न हौसला मिलेको हिमांशुकाका संचालिकाले जानकारी दिनु भयो ।

हिमांशु बुटिकमा ४ दिने व्यक्तित्व एवं नेतृत्व विकास तालिम सम्पन्न

यस्तै यहि महिनाको अन्त्य तिर हुन लागेको “The Himanshu’s Designer Run Way 2021” फेसन शो लाई मध्यनजर गर्दै आफ्ना विद्यार्थीलाई व्यक्तित्व र नेतृत्व विकास प्रशिक्षण कार्यक्रम राखिएको र यसले आउँदो कार्यक्रमलाई सहयोग पुग्नेमा आशावादी रहेको बताउनु भयो । अझै आगामी दिनहरू सामाजिक काममा पनि निरन्तर यात्रा गर्ने र जसको कोहि छैन त्यस्ता महिलाहरूको लागि कोहि छ भन्ने आभास दिलाउने गरि काम गर्ने अठोट लिएको बटाउँदै अब केही दिन भित्र नै आफुले सिकाइ रहेका विद्यार्थीहरुलाइ आत्मनिर्भर तर्फ उन्मुख गर्ने महान उद्धेस्य साथ फेसन डिजाइन वृहत् प्रतिस्पर्धा “The Himanshu’s Designer Run Way 2021” कार्यक्रम गरिने भएको छ । कार्यक्रमको तयारी भैरहेको र कार्यक्रमको पुर्व सन्ध्याको दिन हिमांशु बुटिक एण्ड ट्रेनिङ सेन्टरको तर्फबाट पत्रकार सम्मेलन पनि गरिने संचालिका हिरा पि मगरले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *