१५ जेठ २०७९, आइतवार
कपिलवस्तुको बाणगंगा २ पिपरा स्थित जिल्ला कै पहिलो ‘क’ वर्गको विद्यालय तथा अन्तर्राष्टिय उपाधि प्राप्त गर्न सफल यस हिलबर्ट इङ्ग्लिश बोर्डिङ्ग स्कूलमा प्ले ग्रुपदेखी कक्षा ९ सम्मका नव आगन्तुक विधार्थीहरुलाई स्वागत गरिएको छ। शुक्रवार सम्पन्न कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक बुद्धि पौडेलको अध्यक्षता, विद्यालयका सह प्राचार्य कुशल पाण्डेको आतिथ्यता रहेको थियो। कार्यक्रममा करिब २५० जना विधार्थीहरुलाई टिका, अबिर, खादा तथा दोसल्लाले स्वागत तथा सम्मान गरियो। कार्यक्रमको संचालन एकेडेमी डाइरेक्टर तेज प्रसाद आचार्यले गर्नुभएको थियो। विद्यालयका अतिरिक्त विभाग प्रमुख सोनम बहादुर पुनले सहजिकरण गर्नुभयो।
कार्यक्रममा सह प्राचार्य कुशल पाण्डेले स्वागत मन्तव्य राख्दै विद्यालयमा रहँदा विद्यालयका नीति, नियम र परिधिभित्र रही शैक्षिक गतिबिधि गर्न अनुरोध गर्दै आगामी दिनहरुमा समुज्ज्वल भविष्यको कामना समेत गर्नुभयो। आफ्नो र अभिभावकको सपनालाइ मुर्त रुप दिनको लागि हिलबर्टलाइ रोजेकोमा बधाई ज्ञापन गर्दै स्वागत गर्नु भयो। साथै विधार्थीहरुको सपना पुरा गर्न हिलबर्ट प्रतिबद्ध रहेको समेत बताउनुभयो।
पछिलो समय हिलबर्ट विधार्थीहरुलाई बहुप्रतिभावान बनाउनका लागि थुप्रै गुणस्तरिय पठनपाठन र सुविधायुक्त बिद्यालयको रुपमा परिचित भैरहेको छ। यसले गर्दा कपिलवस्तु जिल्लामै धेरैको रोजाइ बन्न सफल भएको छ। यस विद्यालयमा पठनपाठनका साथै अतिरिक्त क्रियाकलाप र व्यवहारिक शिक्षामा विशेष जोड दिएको पाइन्छ।