२० फागुन २०७८, शुक्रवार
कपिलवस्तुको बाणगंगा २ पिपरा स्थित हिलबर्ट इङ्ग्लिश बोर्डिङ्ग स्कूलले अन्तर्राष्ट्रिय स्कूल अवार्ड प्राप्त गरेको छ । नेपाल सरकार र ब्रिटिश काउन्सिलले प्रदान गर्ने यो पुरस्कार यसपालीको ISA २०२१ -२०२४ हिलबर्टले हात पारेको हो ।

विद्यालयमा विद्यार्थीहरुलाई विभिन्न प्रोजेक्ट गराई अन्तर्राष्ट्रिय शिक्षण पद्धति अवलम्बन गरि विभिन्न सिर्जनशील गतिविधिहरुमा संलग्न गराई विद्यालय र बिद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय स्तरको सिकाइको रुपमा विकास गर्नका लागि प्रोत्साहन स्वरुप यो अवार्ड दिने गरिन्छ ।
किताबी ज्ञानभन्दा प्रोजेक्टमा आधारित सिकाइमा बिद्यार्थीहरुको ध्यान केन्द्रित गर्ने र सिकाइ प्रभावकारी हुने भएकाले यस्तो सिकाइको विकास अहिलेको अवस्थामा अनिवार्य बनेको छ । यस पद्धतिलाई हिलबर्टले अवलम्बन गर्दै उत्कृष्ट नतिजा हासिल गर्न सफल भएकोमा उक्त अवार्ड प्राप्त गरेको सह-प्राचार्य कुशल पाण्डेले बताउनुभयो । साथै आफुलाई यस कार्यमा साथ दिने विद्यार्थीहरु, सहकर्मीहरु र अभिभावकहरु प्रती आभार प्रकट गर्दै आगामी दिनहरुमा समेत यस्तै साथ र सहयोगको अपेक्षा गर्नुभयो ।

अवार्ड प्राप्त गरेको अवसरमा विद्यालयले एक भव्य कार्यक्रममा बिच बिहीबार उत्सव मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक खनालको अध्यक्षता, लुम्बिनी प्रदेश सांसद माननीय बिष्णु पन्थिको प्रमुख आतिथ्यता तथा बाणगंगा नगरपालिका प्रमुख मंगल प्रसाद चौधरीको विशिष्ट आतिथ्यता रहेको कार्यक्रमको संचालन एकेडेमी डाइरेक्टर तेज प्रसाद आचार्यले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै अतिथी एवं प्याब्सन कपिलवस्तु अध्यक्ष सुन्दर पाण्डेले यस विद्यालयले बिद्यार्थीहरुको चौतर्फी विकासका लागि सदैव अग्रपंक्तिमा रहेर काम गरिरहेको र यो विद्यालय कपिलवस्तु जिल्लामा मात्र नभएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै राम्रो पहिचान बनाएको बताउनुभयो । यस्तै बिशिस्ट अतिथि तथा नगर प्रमुख चौधरीले बिद्यार्थीहरुको समुज्ज्वल भविस्य निर्माणका लागी हिलबर्टले महत्त्वपूर्ण योगदान दिईरहेको बताउदै उन्नति र प्रगतिको कामना गर्नुभयो । यस्तै बक्ताहरुले अहिलेको सुचना तथा प्रबिधिको युगमा बिद्यार्थीहरुले प्रयोग संगसंगै दुरुपयोग पनि बढिरहेको समयमा बिद्यार्थी, शिक्षक तथा अभिभावक पनि सचेत हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा करिब १५०० सहभागी भएका थिए । कार्यक्रमको बिचबिचमा विद्यार्थीहरुले गीत, नृत्य, शुभकामना मन्तव्य, एकल गायन लगायत आफ्नो प्रतिभाहरु समेत प्रस्तुत गरेका थिए । यस्तै शैक्षिक सत्र २०७६/७७ सालमा उत्कृष्ट नतिजा हासिल गर्ने कक्षा प्ले ग्रुप देखि कक्षा १० सम्मका सम्पुर्ण बिधार्थीहरुलाई आकर्षक पुरस्कार वितरण गरि सम्मान गरिएको थियो ।