नारीहरुलाई सम्मान गर्दै हिलबर्टले मनायो नारी दिवस

नारीहरुलाई सम्मान गर्दै हिलबर्टले मनायो नारी दिवस

समाचार
Spread the love

२४ फागुन २०७८, मंगलवार

आज ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस । ‘सामाजिक न्याय र लैङ्गिक समानता, दिगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रमसहित आज यो दिवस मनाइयो । कपिलवस्तुको बाणगंगा २ पिपरा स्थित हिलबर्ट इङ्ग्लिश बोर्डिङ्ग स्कूलले पनि विद्यालयमा कार्यरत नारी शिक्षिका तथा कर्मचारीहरुलाई सम्मान गर्दै नारी दिवस मनाएको छ । कार्यक्रममा नारी शिक्षिका तथा कर्मचारीहरुलाई विभिन्न मायाको चिनो प्रदान गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक खनालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सह-प्राचार्य कुशल पाण्डे, प्रबन्ध निर्देशक बुद्धि पौडेल र एकेडेमी डाइरेक्टर तेज प्रसाद आचार्यले टिका तथा खादा लगाई सम्मान गर्नुभएको थियो । कार्यक्रमको संचालन शिक्षिका बिपना थापाले गर्नुभएको थियो ।

कार्यक्रममा सम्मानका साथै अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार प्रदान समेत गरिएको थियो । कार्यक्रमको बिचबिचमा विद्यार्थीहरुले
बाद्यबादन, सांस्कृतिक नृत्य तथा गीतहरु समेत प्रस्तुत गरेका थिए ।

हरेक वर्ष मार्च ८ तारिखमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर नारी दिवस मनाउन थालिएको हो ।

नारीहरुलाई सम्मान गर्दै हिलबर्टले मनायो नारी दिवस

Leave a Reply

Your email address will not be published. Required fields are marked *