फेस्टिभल साइक्लिङ्ग च्यालेञ्ज २०२० बुटवलमा सम्पन्न

फेस्टिभल साइक्लिङ्ग च्यालेञ्ज २०२० बुटवलमा सम्पन्न

खेलकुद
Spread the love

ह्याप्पी साइक्लिङ्ग क्लब बुटवल रुपन्देहीको आयोजनामा फेस्टिभल साइक्लिङ्ग च्यालेञ्ज २०२० शनिबार सम्पन्न भएको छ । साइक्लिङ्ग च्यालेञ्जमा बुटवल तथा आसपासका क्षेत्रहरुबाट समेत गरि ७ टिमका ४५ प्रतिस्पर्धीहरुले भाग लिएका थिए । जसमध्ये बुटवल साइक्लिङ्ग ग्रुपका संजय नेपाली विजेता, बुटवल साइक्लिङ्ग ग्रुप कै समिर रायन फ़्रस्ट रनर अप र तिनाउ साइक्लिङ्ग ग्रुपका श्रीजन श्रेष्ठ सेकेण्ड रनर अप बन्न सफल भए । साइक्लिङ्ग च्यालेञ्ज बुटवलको ट्राफिक चोकबाट सुरु भइ माथि लक्ष्मिनगर डाँडामा सम्पन्न भएको थियो ।


बुटवल नगर खेलकुद विकास समितिका संयोजक नन्दबहादुर काउचाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको औपचारिक कार्यक्रमको जिल्ला साइकल संघ रुपन्देहीका अध्यक्ष पुकार थापा विशिष्ट अतिथि रहेका थिए । किरण श्रेष्ठ संयोजक रहेको कार्यक्रमको संचालन सुमित के.सी. ले गरेका थिए । कार्यक्रमका बिच विजेतालाई नगद रु. ५,५५५, फ़्रस्ट रनर अपलाई रु. ३,३३३ र सेकेण्ड रनर अपलाई रु. १,१११ तथा मेडल, प्रमाण पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नन्दबहादुर काउचाले स्वस्थ शरिर र स्वस्थ वातावरणका लागि साइकल अति नै उपयोग हुने र यसको प्रयोगमा जोड दिन सके भावी सन्ततिका लागि राम्रो हुने बताए । कार्यक्रमले स्वस्थ वातावरण र स्वस्थ शरिरको लागि साइकलको प्राभावकारिता सबै सहभागीहरुमा मात्र नभई आम जनमानसमा बुझाउन सके कार्यक्रमको उद्धेश्य पुरा हुने एक सहभागी राम लम्सालले बताए ।

फेस्टिभल साइक्लिङ्ग च्यालेञ्ज २०२० बुटवलमा सम्पन्न
फेस्टिभल साइक्लिङ्ग च्यालेञ्ज २०२० बुटवलमा सम्पन्न
फेस्टिभल साइक्लिङ्ग च्यालेञ्ज २०२० बुटवलमा सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *