"ए साँइली" कभर भिडियो प्रतियोगिता-२०७७ बुटवलमा सम्पन्न

“ए साँइली” कभर भिडियो प्रतियोगिता-२०७७ बुटवलमा सम्पन्न

मनोरञ्जन
Spread the love

२०७७ माघ ५, सोमवार

हाम्रो संस्कृति, हाम्रो संस्कार जोगाउने हाम्रो अभियान भन्ने मुल नाराका साथ दिपक थापा माईथाने मगरको मौलिक कौराहा गित “ए साँइली” कभर भिडियो प्रतियोगिता-२०७७ समापन समारोह तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । बिलन इन्टरटेनमेन्ट प्रा.लि. र माइथाने इन्टरटेनमेन्ट प्रा.लि. को आयोजनामा भएको कार्यक्रम आइतबार बुटवल ईट्टाभट्टी स्थित एसियन पार्टी प्यालेसमा सम्पन्न भएको हो ।

चमेली थापाको अध्यक्षता एवं लुम्बिनी प्रदेशका सभामुख पूर्ण बहादुर घर्तीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा कभर भिडियो प्रतियोगितामा सहभागी भइ प्रथम, द्वितीय, तृतीय र चौथो हुने समूह तथा अभिनय गर्ने प्रतिस्पर्धी कलाकारहरुलाई पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि घर्तीले मगर जातिको संस्कार र संस्कृति मगरहरुको मात्र नभई राष्ट्र कै पहिचान भएकोले जोगाउन सबै लागी पर्नुपर्ने र यसमा आफुले पनि आफ्नो ठाउँबाट पहल र प्रयास गर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथी नेपाल मगर संघ केन्द्रीय उपाध्यक्ष दल बहादुर बिरकट्टा मगर, अतिथि गिता सारु, तुल सारुले पनि बिदेशी संस्कृति मौलाइरहेको यो समयमा आफ्नो संस्कार र संस्कृती जोगिए मात्र आफ्नो पहिचान बाँच्ने र भावी पुस्ताहरुमा हस्तान्तरण गर्न आवश्यक रहेको कुरामा जोड दिए ।

नेपाल मगर संघ केन्द्रीय युवा यु के महा-सचिब तथा मोडल दिपक थापा माइथाने मगरले बिदेशमा बसेर पनि नेपाली मौलिक संस्कृतिको संरक्षणका लागि थुप्रै रचनात्मक कार्यहरु गर्दै आइरहनु भएको छ । प्रतियोगितामा रूपन्देही मात्रै नभएर कपिलवस्तु, स्याङ्जा, तनहुँ, पाल्पा, चितवन जिल्लाका समेत प्रतिस्पर्धी कलाकारहरूले भाग लिएका थिए । कार्यक्रमको सन्चालन गायक तथा सन्चारकर्मी दिपु मगरले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *