
बुटवल साइक्लिङ ग्रुपका सचिव तथा युवा व्यवसायी धनु जिसि `अतित´ले आफ्नो जन्मदिनको अवसरमा लत्ताकपडा वितरण गरेका छन । बुटवल सुख्खानगरमा अवस्थित मानव सेवा आश्रममा रहेका बालबालिका तथा आमाहरुलाई एक कार्यक्रमका बीच लत्ताकपडा वितरण गरेका हुन । बुटवल साइक्लिङ ग्रुपका अध्यक्ष शिव चौधरीको अध्यक्षता, मानव सेवा आश्रमकि सेविका रिया थापाको संचालन तथा ग्रुपका अन्य सदस्यहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै जिसिले आफ्नो जन्मदिनको अवसरमा विगतका केही वर्षदेखि नै सहयोगापेक्षीहरुलाई आफुले सक्दो सहयोग गर्दै आएको र आगामी दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । दीनदुखीहरुको सहयोगमा जति अन्य काममा खुसी र सन्तुष्टि नमिल्ने उनको भनाइ रहेको थियो । कार्यक्रम संचालिका तथा सेविका रिया थापाले यस्तै दाताहरुको सहयोगमा नै मानव सेवा आश्रम संचालन गर्न सफल भएको भन्दै सम्पुर्ण सहयोगीहरु प्रती आभर व्यक्त गरिन ।


जिसिले आफ्नो जन्मदिनको अवसर पारेर मानव सेवाका साथै आफ्नो नयाँ व्यवसायको समेत सुरुआत गरेका छन । उनले अर्का युवा व्यवसायी तुल्सिराम गौतमसंगको सहकार्यमा बुटवलको सुख्खानगर स्थित महनी कार वाश एण्ड मोटरसाइकल सर्विस सेन्टरको सुभारम्भ समेत गरेका हुन । संचालक धनु जिसिको अध्यक्षता, नेपाल अटो मेकानिक्स ट्रेड युनियनका केन्द्रीय अध्यक्ष जीवन अधिकारीको प्रमुख आतिथ्यतामा भएको शुभारम्भ कार्यक्रममा उपस्थित सबैले नयाँ व्यवसायका लागि शुभकामना व्यक्त गरे । कार्यक्रममा बोल्दै जिसिले आफू सफल हुन सबैको आवश्यकता अपरिहार्य भएको भन्दै सबैलाई सहयोगका लागि आव्हान समेत गरे ।

