देउखुरी स्थायी राजधानी

दाङको देउखुरी स्थायी राजधानी बनेसँगै दाङमा दिपावली

राजनीति
Spread the love

दाङको देउखुरी स्थायी राजधानी भएको खुसीयालीमा मंगलबार बेलुका जिल्लाका विभिन्न स्थानमा दिपावली गरिएको छ। जिल्लाका प्रमुख बजार भालुवाङ, लमही, घोराही, नारायणपुर, तुलसीपुर, हापुरे, अमेलिया लगायतमा बेलुका दिपावली गरिएको हो।

मंगलबार प्रदेश सभामा भएको मत विभाजनमा दाङको पक्षमा ६९ र विपक्षमा १३ मत परेपछि दुई तिहाइ बहुमतका आधारमा दाङको देउखुरीलाई प्रदेश ५ को स्थायी राजधानी घोषणा गरिएको थियो। तुलसीपुरको बीपी चोकमा मंगलबार साँझ नेपाली कांग्रेस क्षेत्र नं. ३ ले दिपावली गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *