पर्यटन प्रवर्द्धनका लागि सचेतनामुलक साईक्लिङ र्‍याली सम्पन्न

पर्यटन प्रवर्द्धनका लागि सचेतनामुलक साईक्लिङ र्‍याली सम्पन्न

खेलकुद
Spread the love

 २०७७ चैत्र ७

विभिन्न रचनात्मक कार्यहरुमा सक्रिय बुटवल युनाईटेड साईक्लिङ क्लबको आयोजनामा शनिबार सचेतनामुलक साईक्लिङ र्‍याली गरिएको छ । वातावरण संरक्षणसंगै साईक्लिङबाट पर्यटन प्रवर्द्धनका लागि साईक्लिङ र्‍याली गरिएको हो । र्‍याली सैनामैनास्थित न्यु दुर्गा नर्सरीबाट शुरु भई सैनामैना नगरको धार्मिक पर्यटनस्थल परोर्हा बोलबम धाम, मुर्गिया लुम्बिनी गेट, दुर्गा मन्दिरसहित बुटवलका धार्मिक स्थलहहरुको भ्रमण गरेको थियो ।

लुम्बिनी प्रदेश सभा सदस्य कमला विकले कार्यक्रमको एक समारोहका बिच उद्घाटन गर्दै मानव स्वस्थ्यसंगै वातावरण संरक्षणका हिसाबमा साईक्लिङ महत्वपुर्ण हुने बताईन । युवाहरुको अगुवाईमा समाजका विकृति र विसंगति बिरुद्ध लाग्नुपर्ने सुझाव दिदै सचेतना जगाउने गरि कार्यक्रमलाई निरन्तर अघि बढाउनुपर्ने बताइन । बुद्घ जन्मस्थल लुम्बिनीमा पर्यटनको बसाई लम्ब्याउन साईक्लिङ प्याकेज एक उत्तम विकल्प भएको भन्दै यसतर्फ सरोकारवाला निकायहरुको ध्यान जानुपर्ने बताउदै नेपाल पत्रकार महासंघका कोषाध्यक्ष स्वस्तिक श्रेष्ठले वातावरण संरक्षणसंगै साईक्लिङबाट पर्यटन पर्वद्घनका लागि सरकारको चासो बढाउन सुझाव दिए ।

कार्यक्रममा सैनामैना खेलकुद विकास समितिका सदस्य तथा दलित उत्थान संघका अध्यक्ष सुरज बराल, स्वस्थकर्मी रिता साही, क्लबमा अध्यक्ष उत्तम श्रेष्ठ, सचिव राजु तिवारी, कार्यक्रम संयोजक रबिलाल सुवेदीले स्वस्थ्य र पर्यटनको क्षेत्रमा रुपन्देहीका युवाहरुको अभियानलाई सबैको साथ रहेको बताए । र्‍यालीमा बुटवलमा सक्रिय विभिन्न साइक्लिङ्ग ग्रुपहरु सहभागी भएका थिए । बुटवलबासीहरुमा साइकलसंगै वातावरणमैत्री कार्यहरुमा अग्रसर बनाउन आफुहरु लागिपरेको सहभागी समूह बुटवल साइक्लिङ्ग ग्रुपका अध्यक्ष शिव चौधरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *