बुधबार रुपन्देहीको कुन पालिका र देशभर कति कति थपिए (भिडियो सहित)

बुधबार रुपन्देहीको कुन पालिका र देशभर कति कति थपिए (भिडियो सहित)

समाचार
Spread the love

बुधबार, असार २, २०७८

रुपन्देहीमा पछिल्लो २४ घण्टामा २९१ जनामा कोरोना भाइरस परिक्षण गर्दा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आज सबै भन्दा धेरै बुटवल उपमहानगरपालिका मा ९ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै तिलोत्तमा नगपालिकामा ५ जना, देवदह नगरपालिकामा ३ जना, सैनामैना नगरपालिकामा २ जना, सिद्धर्थनगर नगरपालिकामा, गैडहवा र कन्चन गाउँपालिकामा १/१ जना संक्रमित थपिएका छन ।

हालसम्म जिल्लामा कुल संक्रमितको संख्या २७ हजार ८ सय ९ पुगेको छ भने अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय ७४ मा झरेको छ । यस्तै पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएसंगै कुल मृत्यु हुने संक्रमितको संख्या ४ सय ७५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा मुलुकमा २,८२८ जना कोभिड बिरामी थपिएका छन् । बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले उक्त जानकारी दिएका हुन् ।

८,६८७ वटा नमुना पीसीआर परीक्षण र ४३३५ एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । कूल पीसीआर परीक्षणमध्ये संक्रमित दर १९ प्रतिशत पुगेको छ ।

बुधबार ५२ जनाको कोभिडको कारण ज्यान गएको छ । कूल मृतक संख्या ८,५५८ पुगेको छ । ३,०८२ जना निको भएका छन् ।

भिडियोमा हेर्नुहोस बिस्तृत समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *