थप २२५३ जनामा कोरोना संक्रमण, ७ संक्रमितको मृत्यु

पछिल्लाे २४ घण्टामा ३,७४९ जनामा सङ्क्रमण पुष्टि

समाचार
Spread the love

बिहिवार पछिल्लाे २४ घण्टामा ३ हजार ७ सय ४९ जनामा सङ्क्रमण पुष्टि भएकाे छ । पछिल्लाे २४ घण्टामा १६ हजार पाँच सय ९८ जनाकाे नमुना परीक्षण गरिएकाे मन्त्रालयले जनाएकाे छ । त्यस्तै गएकाे २४ घण्टामा तीन हजार पाँच सय ६४ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ८४ हजार पाँच सय १८ पुगेको छ ।

अब नेपालमा ३६ हजार पाँच सय ३३ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै चार हजार आठ सय २५ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा १९ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ सय ९४ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *