नेपालमा आज फेरी अहिले सम्मकै धेरै एकै दिन ३४३९ जना कोरोना संक्रमित थपिएका छन् । यो हाल सम्मकै सबै भन्दा उच्च हो । हिजो केही कम देखिएका संक्रमितको संख्या आज पुनः ह्वात्तै बढेको हो ।
यो सगैँ कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । आज १४ हजार २०९ जनामा गरिएको परीक्षणमा ३४३९ जना संक्रमित फेला परेका हुन् । सक्रिय संक्रमितको संख्या २५ हजार ७ जना रहेका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५७८ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ११२६ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ ।
त्यस मध्य १० हजार बढी संस्थागत आईसोलेसनमा छन् भने १५ हजार जति होम ईसोलेसनमा रहेका छन् । आज कोरोना जीतेर ११ सय बढी डिस्चार्ज भएका छन् । देशभरबाट ६८ हजार ६ सय ६८ जना कोरोना मुक्त भइ घर फर्किसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।